आचारसंहिता उल्लङ्घनविरुद्ध एकै दिन ९ जनालाई स्पष्टीकरण साेधियाे

काठमाण्डाै – निर्वाचन आयोगले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि जारी निर्वाचन आचारसंहिता उल्लङ्घनविरुद्ध परेका उजुरीका आधारमा आज मङ्गलवार एकै दिन नौ वटा स्पष्टीकरण सोधेको छ । आयोगले लाभको पदमा रहेका, चुनावका उम्मेदवार, स्थानीय जनप्रतिनिधि, शिक्षक तथा सरकारी कर्मचारीसमेतलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन बेल्ला–बेग्लै पत्र पठाएको हो । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिताको पालना गर्न सबैमा आग्रह गर्दै उल्लङ्घनका उजुरी र सूचना प्राप्त भएमा अनुसन्धान र कारबाही प्रारम्भ हुने ब...