काठमाण्डाै – संयुक्त राष्ट्रसंघले म्यानमारका नागरिकको अधिकारलाई सम्मान गर्न सैन्य नेतृत्वसँग आग्रह गरेको छ ।
नागरिकको शान्तिपूर्ण प्रदर्शन तथा विरोधको अधिकारलाई सम्मान गर्न आग्रह गर्दै राष्ट्रसंघले प्रदर्शनमा थप ज्यादती भए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । म्यानमारको सेनाका डेपुटी प्रमुख सोय विनसँगको फोनवार्तामा संयुक्त राष्ट्रसंघका विशेष दूत क्रिष्टिन श्रेयनर वग्नरले प्रदर्शनकारीमाथि हुने कुनै पनि प्रकारको ज्यादतीको गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी दिनुभएको हो ।
सेनाले सत्ता कब्जामा लिएपछि बन्द भएको इन्टरनेट सेवा ...