देउवा र गच्छदारको डबल ‘ह्याट्रिक’

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस नेता विजयकुमार गच्छदार यस्ता भाग्यवानी हुन्, जसले २०४८ यता कहिल्यै चुनाव हार्नुपरेको छैन । ०४८ देखि निरन्तर चुनाव जित्दै आएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको यात्रा भने यस पटकबाट टुंगिएको छ । तनहुँ–१ मा वाम गठबन्धनबाट एमाले उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग पराजित भएसँगै पौडेलको विजययात्रा टुंगिएको हो । मजदुर किसान पार्टीका अध्यक्ष नारयणमान विजुक्छे भने प्रतिस्पर्धामै उत्रिएनन् ।