सुदूरपश्चिमका सांसद भन्छन् : रेशम र हाम्रो बाटो अलग भयो

निलम्बित सांसद रेशमलाल चौधरी आफ्नो गृह जिल्ला कैलालीमा एक्लिँदै गएको पाइएको छ । तटस्थ बसेका उनी अन्ततः आफू महन्थ ठाकुर पक्षले दर्ता गर्न लागेको नयाँ पार्टी जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) मा रहेको मन्जुरीनामा पत्र निर्वाचन आयोगलाई दिएका छन् । तर उनको गृह जिल्लाका अधिकांश नेता तथा कार्यकर्ताहरु उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा रहेको पाइएको छ । जुन कारण उनी पार्टीभित्र एक्लिँदै गएका हुन् । सांसद चौधरीको पदचाप पछ्याउँदै आएका सुदूरपश्चिम प्रदेशका सांसदहरु समेत यादव नेतृत्वको जनता समाजवादी पार्टीति...