७ वर्ष जेल बसेर फर्केको दुई महिना नपुग्दै काकाको हत्या

काठमाडौं : मान्छे मारेर ७ वर्ष जेल सजाय काटेर छुटेको दुई महिना नपुग्दै एक व्यक्ति फेरि अर्को हत्याको घटनामा समातिएका छन्। महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाका ४५ वर्षीय रामनाथ दास जेलबाट छुटेको ५२ दिनपछि पुनः पक्राउ परेका हुन्।कर्तव्य ज्यान मुद्दामा ७ वर्ष कैद सजाय काटेर छुटेका दासलाई हत्याको आरोपमा फेरि समातिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। हिजो साँझ करिब ५ बजे पिपरा गाउँपालिका सहोडवा गाउँबाट एकहरिया जाने पिच सडकभन्दा पूर्वपट्टी रहेको आँपको बगैँचामा स्थानीय