मनास्लु हिमपहिरोमा १२ जना घाइते, मौसम खराबीले उद्धारमा कठिनाइ

काठमाडौं :  गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधार शिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको जानकारी दिए। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको उनले बताए।मनास्लु हिमाल आरोहण गरेर फर्कने क्रममा एक विदेशी नागरिक सम्पर्कविहीन भएको पनि उनले जानकारी दिए। हिमपहिरोमा परेकाको उद्धारका लागि काठमाडौँबाट तीनवटा हेलिकोप्टर  पठाइएको छ । यद्यपि, मौसम खराबीका कारण घटनास्थलमा अवतरण हुन नसकेको र हेलिकोप्टर