भूकम्पपीडितका लागि नेपाल बैंकको ५० लाख सहयोग

काठमाडौं : प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा नेपाल बैंकले आर्थिक सहयोग गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ५० लाख प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोग गरेको हो। कर्णाली प्रदेशअन्तर्गत जाजरकोट जिल्ला केन्द्रबिन्दु भएर मिति २०८० कार्तिक १७ गते मध्यरात गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुग्न गएकोमा भूकम्पबाट प्रभावित समुदायलाई आर्थिक सहयोग उपलब्ध गराएको हो।नेपाल बैंक लिमिटेड, सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिक