यस वर्ष पर्सामा धानको उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष धानको उत्पादन घटेको हो । कृषि ज्ञान केन्द्र पर्साको तथ्यांक अनुसार यस वर्ष जिल्लामा ४७ हजार १ सय ३० हेक्टर जग्गामा प्रति हेक्टर ४ दशमलव ७ टनको दरले २ लाख २१ हजार ६ सय २७ टन धान उत्पादन भएको छ ।