रुसी हवाई आक्रमणमा ४७ जनाको मृत्यु

युक्रेन- युक्रेनको चेर्निहिभ सहरको आवासीय क्षेत्रमा भएको रुसी हवाई आक्रमणमा मृत्यु हुने मानिसको सङ्ख्या ४७ पुगेको छ । आक्रमण जारी रहेका कारण उद्धार कार्य स्थगित गरिएको स्थानीय आपत्कालीन सेवाले जनाएको छ । सो सहरमा रुसी आक्रमणमा अहिलेसम्म १४८ जनाको मृत्यु भएको बताइएको छ । रुस र बेलारुसको सीमानजिकको सो सहरमा ३००,००० मानिसको बसोबास छ ।