निसान ब्रान्डका गाडी खरिद गर्न चाहने ग्राहकले महालक्ष्मी विकास बैंकबाट सवारी कर्जा पाउने
निसान ब्रान्डका गाडी खरिद गर्ने ग्राहकहरूले सरल ब्याजमा महालक्ष्मी विकास बैंकबाट सवारी कर्जा पाउने भएका छन् । सोसम्बन्धी सम्झौतापत्रमा बैंक र नेपालका लागि निसान गाडीको आयातकर्ता पायोनियर मोटो कर्प प्रालिबीच हस्ताक्षर भएको छ ।
काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदी ट्रेडिङ प्रालिसँग सम्झौता गरेको छ । सम्झौताअनुसार सिप्रदीबाट ग्राहकले टाटा ब्रान्डका गाडी खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकलाई अधिकतम ५ वर्षका लागि कर्जा उपलब्ध गराउनुका साथै ७० प्रतिशतसम्म कर्जा प्रवाह गरिनेछ । बैंकले हाल १०३ शाखाबाट बैंकिङ सेवा दिँदै आएको छ ।
काठमाडौं (अस) । महालक्ष्मी विकास बैंक र एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकल्स प्रालिबीच सम्झौता भएको छ । दुई पक्षबीच कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सम्झौता भएको हो ।
सम्झौताअनुसार एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकल्सबाट ग्राहकले प्रोटोन ब्रान्डका गाडी खरिद गर्दा बैंकमार्फत सरल कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकलाई ८ वर्षका लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिनेछ । बैंकले देशभर १०३ शाखाबाट यस्तो सेवा प्राप्त गर्न सकिने बताएको छ ।