संविधान दिवसमा ‘राजा आऊ, देश बचाऊ’ को नारा (फोटो)

 आज असोज ३ । गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता जस्ता उपलब्धिलाई संस्थागत गर्दै नेपालको संविधान जारी भएको दिन । आज देशभर त्यसैको खुसियालीमा संविधान दिवस मनाइरहेको छ । तर, अझै पनि संविधानप्रति असन्तुष्टिहरू कायम नै रहेका छन् ।मधेसवादी दलहरू अझै पनि मधेस आन्दोलनका मुद्दाहरू सम्बोधन गर्नका लागि संशोधनको माग गरिरहेका छन् । आजका दिनलाई उनीहरूले ‘कालो दिवस’ को रूपमा पनि मनाइरहेका छन् । अर्कोतर्फ राजावादीहरूले पनि आज राजतन्त्र पुनःस्थापनाको माग गर्दै प्रदर्शन गरेका छन् । राजधानीम