विराटनगर : नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश नामकरणबारे उठेको असन्तुष्टिलाई वार्ता र संवादबाट सम्बोधन गर्नुपर्ने बताएका छन्।प्रदेशसभा संसदीय दलमा आज सञ्चारकर्मीसँग उनले आन्दोलनको नाममा अराजकता र आन्दोलन दबाउन बल प्रयोग दुवै गलत हुने उल्लेख गरे।मधेशपछि पहिचानको आन्दोलन उठेको यो प्रदेशमा पहिचानको नामकरण नहुँदा असन्तुष्टि देखिनु स्वाभाविक रहेको भन्दै उनले प्रदेशसभाको अंकगणितले तत्काल पहिचानसहितको नामकरण हुन नसके पनि यही नाम अपरिवर्तनीय र अन्तिम नभएक