नेकपा एमालेले आगामी मङ्सिरमा गर्न लागेको दसौँ राष्ट्रिय महाधिवेशनमा १ हजार ५३६ जना प्रतिनिधिहरू सहभागी गराउने भएको छ । बिहीबार ललितपुरमा बसेको स्थायी कमिटी बैठकले १५३६ जना प्रतिनिधिहरू सहभागी गराउने निर्णय गरेको हो ।बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले दिएको जानकारी अनुसार हरेक निर्वाचन क्षेत्रबाट १५ सयजना पार्टी सदस्यबाट ३ जना प्रतिनिधि छनोट हुने छन् । भूगोल कमिटीहरूबाट कुल ११९६ जना प्रतिनिधि छानिने छन् । र, बाँकी गैर भूगोलबाट ३४० जना गरी कुल १५३६ प्रतिनिधि छानिने ज्ञवालीले जानकार