गृहमन्त्री बादल र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेटवार्ता

गृहमन्त्री रामबहादुर थापा(बादल)सँग नेपालका लागि पाकिस्तानका राजदूत सयेद हैदरले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–पाकिस्तान द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालमा राजदूतको रुपमा कार्यभार सम्हालेकोमा हैदरलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै नेपाल पाकिस्तान सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे । भेटमा गृहमन्त्री थापाले नेपाल र पाकिस्नाबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै नेपालको शिक्षा र स्वास्थ्यक...