काठमाडौं : प्रमिला बास्तोला काभ्रे जिल्लाको पनौती नगरपालिकाको गोरखनाथ आधारभूत विद्यालयमा १५ वर्षदेखि अध्यापन गर्दै आएकी छन्। उनी राहत कोटाकी नियुक्त भएकी शिक्षिका हुन्।सरकारले लामो समयदेखि अड्किएको विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० संसदमा दर्ता गरेपछि राहत शिक्षकहरूका लागि धेरै सेवासुविधा मिल्ने आशामा थिइन् उनी।तर विधेयकमा उल्टो राहत शिक्षकलाई हटाउने प्रपन्च रचिएपछि उनी तनावमा छिन्। त्यसो त केही न्याय मिल्छ कि भन्दै शिक्षक आन्दोलनमा सहभागी हुन राजधानी आएकी