काठमाडौं– राष्ट्रिय विभूति भीमसेन थापाको २५२ औँ जन्मजयन्तीका अवसरमा श्रद्धाञ्जली अर्पण गरिएको छ । भीमसेन थापाको जन्मजयन्तीका अवसरमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठान र बगाले थापा क्षेत्री राष्ट्रिय फाउण्डेशन, नेपालले शनिबार काठमाडौंको धरहरा परिसरमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो । सो क्रममा प्रधानसेनापति अशोकराज सिग्देलले थापाको तस्बिरमा माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गरी सम्मान प्रकट गरे। […]