गुरुकुलमा ‘कोही किन बर्बाद होस्’ मञ्चन

बालबालिकाको शिक्षा र विकासमा अभिभावकको दायित्व र महत्त्व बुझाउने नाटक ‘कोही किन बर्बाद होस्’ थापागाउँस्थित गुरुकुल (कुञ्ज थिएटर) मञ्चन भइरहेको छ । गत ११ गतेदेखि सुरु भएको नाटकले राम्रो दर्शक पाइरहेको गुरुकुलका संचालक सुनिल पोखरेलले बताए ।‘‘कोही किन बर्बाद होस्’ हाम्रो शिक्षा प्रणालीमा आधारित बालबालिका लक्षित नाटक हो’, पोखरेलले भने, ‘त्यसैले नाटक हेर्ने दर्शकमा विद्यार्थी धेरै देखिएका छन् ।’ नाटकमा शनिबार तीन शो र अन्य दिन एक शो हुने गरेको छ ।

सम्बन्धित सामग्री

ओजस थियटरमा गरियो नाटक ‘असुर’ मञ्चन

काठमाडौँ – ओजस थियटरमा नाटक ‘असुर’ मञ्चन गरिएको छ। बुधबार साँझ दर्शकबीच नाटकको घुम्टो उघारिएको थियो । ‘असुर एउटा गाउँको पारिवारिक कथा हो। यसमा एकै परिवारका दुई पिँढीको विचार मिल्दैन। कोही पुरानो व्यवस्थाको प्रतिनिधित्व गर्छन् त कोही नयाँको। यिनीहरूको शक्ति संघर्ष बीचमा जो पर्छ, ऊ बर्बाद हुन्छ’, ध्वनि सम्पादक विवेक न्यौपानेले भने। नाटकले शक्ति प्राप्तिका […]

सात वर्षपछि गुरुकुलमा फर्कियो ‘कोही किन बर्बाद होस्’

काठमाडौं । फिल्मसँगै पछिल्लो समय सहरका नाटकघरमा पनि दर्शकको चहलपहल बढ्न थालेको छ । ‘पल्पसा क्याफे’को व्यावसायिक सफलतापछि अन्य नाटकले पनि मञ्चनलाई तीव्रता दिएका छन् । आरोहण गुरुकुलमा अहिले विजय मल्ल गोठालेद्वारा लिखित चर्चित उपन्यास ‘कोही किन बर्बाद होस्’मा आधारित नाटक मञ्चन भइरहेको छ । चे शंकरको परिकल्पना र निर्देशन रहेको नाटक जेठ २१ गतेसम्म […]