अफगानिस्तानमा हिंसा बढ्दै, पाकिस्तानी सेना प्रमुखले दोहोर्‍याए शान्ति प्रक्रियालाई समर्थन गर्ने प्रतिबद्धता

पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाजवाले अफगानिस्तानका राष्ट्रपति असरफ घानीसँग त्यहाँको शान्ति प्रक्रियालाई सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्। अफगानिस्तान हिंसाका घटनाहरू बढिरहेको समयमा काबुलमा राष्ट्रपति घानीसँग भएको भेटमा बाजवाले अफगान शान्ति प्रक्रियालाई सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याएका हुन्। भेटमा बेलायती रक्षा प्रमुखको समेत सहभागिता रहेको थियो।