मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दल, सरकारी कर्मचारी र पदाधिकारीहरुविरुद्ध परेको उजुरी उपर कारवाही प्रक्रिया अघि बढाएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालय हेटौंडाको नेतृत्वमा निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकले चुनाव प्रचार/प्रसारमा संलग्न रहेको भनी उजुरी परेका ११ जना कर्मचारीहरुलाई २४ घण्टे स्पष्टीकरण माग गरी उनीहरुले पेश गरेको स्पष्टीकरण आधारमा कारवाही प्रक्रिया अघि बढाएको हो ।बैठकको निर्णय अनुसार ती कर्मचारीहरुले सो कार्यमा जानी नजान