कपिलवस्तुका किसानलाई उखु बेच्न समस्या

काठमाडौँ,२५ पुष । लामो समय सञ्चालित सुगर मिल अन्यत्रै सरेपछि यहाँका उखु किसान मारमा परेका छन् । पाँच वर्ष अगाडि उखु स्याहार्ने समयमै श्रीमहालक्ष्मी सुगर मिल सर्लाही स्थानान्तरण भएको थियो । त्यसयता यहाँका किसान उखु बेच्न नपाएपछि मारमा पर्दै आएका छन् । सुगर मिल नहुँदाको फाइदा यहाँ सञ्चालित उखु क्रसर (सख्खर) उद्योगले पाएका छन् । […]

सम्बन्धित सामग्री

सस्तोमा उखु बेच्दै किसान

गरुडा नगरपालिकास्थित श्रीराम सुगर मिल बन्द भएपछि रौतहटका किसानले कम मूल्यमै सख्खर उद्योगलाई उखु बेच्न थालेका छन् । घाटामा चलेको भन्दै अघिल्लो वर्षदेखि मिल बन्द भएपछि किसानलाई उखु बेच्न समस्या परेको हो ।