साउथ चाइना सीमा अमेरिकी लडाकु विमान दुर्घटना

साउथ चाइना सीमा यूएसएस कार्ल भिन्सन नामक अमेरिकी युद्धपोतमा लडाकु विमान दुर्घटनामा परेको छ । युद्धपोतको ल्याण्डिङ डेकमा दुर्घटना हुन अघि यूएस एफ–३५ विमानका पाइलट भने विमानबाट निस्कन सफल भएको अमेरिकी प्यासिफिल फ्ल्टिले जनाएको छ ।नियमित अपरेसनका दौरान सो दुर्घटना भएको बताइएको छ । घटनामा सात जना घाइते भएका छन् । घाइते मध्ये तीन जनालाई फिलिपिन्सको मनिलास्थित अस्पतालमा पुर्‍याइएको थियो । पाइलटसहित उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ ।सो दुर्घटनाबारे अनुसन्धान भइरहेको वक्तव्यमा भनिएको छ ।

सम्बन्धित सामग्री

साउथ चाइना सीमा चीनको सैन्य गतिविधि बढेसँगै छिमेकी देशहरुलाई ‘थ्रेट’

एजेन्सी, ९ चैत्र । साउथ चाइना सीको विवादास्पद टापुहरुमा चीनको गतिविधि बढ्न लागेको छ । उसले हालैमात्र तीनवटा विवादास्पद टापुहरुमा सैन्य सामाग्री राखेको छ । साउथ चाइना सीमा एन्टीसिप र एन्टी हवाई मिसाइल प्रणाली, लेजर, लडाकु विमान बढाएको छ । चीनको गतिविधिले साउथ चाइना सी वरिपरिका देशहरुले सुरक्षा खतरा देख्नथालेको बताइएको छ । अमेरिकाको इन्डो […]