बिदाको दिनमा पनि ओपिडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको सबै सरकारी अस्पताललाई परिपत्र

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक बिदाको दिनमा पनि बहिरंग सेवा (ओपिडी) सञ्चालन गर्न सरकारी अस्पताललाई परिपत्र गरेको छ । मन्त्रालयले स्वास्थ्य संस्थालाई परिपत्र गर्दै सार्वजनिक बिदाको दिनमा ओपिडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएको हो । मन्त्रालयको आन्तरिक प्रशासन शाखाले जारी गरेको परिपत्रमा सोमबार मन्त्रालयमा सार्वजनिक बिदाको दिनमा अस्पतालले ओपिडी सेवासहित […]

सम्बन्धित सामग्री

विद्यार्थीहरूलाई ओपिडी शुल्कमा ५० प्रतिशत छुट

सरकारले विद्यार्थीहरूलाई संघीय अस्पतालमा उपचार गर्दा  ओपिडी शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै विद्यार्थीहरूलाई ओपिडी शुल्कमा ५० प्रतिशत छुट्ट दिने निर्णय गरेका हुन् ।संघीय अस्पतालमा परीक्षण गर्न जाँदा ओपिडी शुल्कमा ५० प्रतिशत छुट पाउने स्वास्थ्य मन्त्रीका सल्लाहकार केदारप्रसाद गौतमले बताए । ओपिडी सेवा लिनका लागि विद्यार्थीहरूले आफ्नो परिचयपत्र देखाउनु पर्ने उनले बताए ।

नर्भिकमा यूरोलोजीको निःशुल्क ओपिडी सेवा

नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत ७ जेठमा विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ ।नर्भिकले विगत लामो समयदेखि यूरोलोजी टिमकै विशेष निःशुल्क ओपिडी अभियान सञ्चालन गरिरहेको जनाएको छ । पछिल्लो समय मूत्रनली तथा मूत्रथैलीसँग सम्बन्धित स्वास्थ्य समस्या जनमानसमा बढ्न थालेसँगै नर्भिकले निःशुल्क ओपिडी सेवा सञ्चालनमा ल्याएको हो ।यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त […]

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि आइतबार ओपिडी बन्द नहुने

भौगोलिक अवस्थिति र दुर्गम पहाडी जिल्लाहरुबाट समेत स्वास्थ्योपचार गर्न आउने बिरामीहरुको हितलाई दृष्टिगत गरी आइतबारदेखि शुक्रबारसम्म नै ओपिडी सेवा संचालन गर्ने प्रतिष्ठानले जनाएको छ।

त्रिविसहित आठ अस्पतालले आइतबार पनि ओपिडी सेवा सञ्चालन गर्ने

काठमाडौँ । सातामा दुई दिन सार्वजनिक बिदा आजदेखि लागु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा हुने निर्णय भएको छ । तर, केही ठुला अस्पतालहरूले आइतबार ओपिडी सेवा सञ्चालन गर्ने भएका छन् । काठमाडौँको वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आज ओपिडी […]

नर्भिक अस्पतालमा शनिबार निःशुल्क ओपिडी सेवा सञ्चालन हुने

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार (मंसिर ४ गते) दुई विशेषज्ञ चिकित्सकहरूले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएका छन् । अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. विनिता जोशी र हाडजोर्नी रोग विशेषज्ञ डा.सगुन जोशीले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् । विभिन्न स्वास्थ्य समस्याबाट पीडित बालबालिकाले डा.विनिता र हाड जोर्नीसँग सम्बन्धित स्वास्थ्य समस्या भोगिरहेकाहरूले डा.सगुनको निःशुल्क ओपिडीबाट लाभ लिन सक्ने अस्पतालले जानकारी दिएको छ । बालरोग विशेषज्ञ डा.जोशीले बिहान १० बजेद

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा पूर्ण रुपमा सुचारु

मोरङ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा पूर्ण रुपमा सुचारु भएको छ । प्रतिष्ठानका चिकित्सक, नर्स, विद्यार्थी र कर्मचारीले आन्दोलन गर्दै आएका कारण दैनिक दुई घण्टा ओपिडी सेवा बन्द रहँदै आएको थियो ।प्रधानमन्त्री कार्यालयले बनाएको कार्यदल धरान आएर आन्दोलनकारीका माग सम्बोधनको पहल गरेपछि मंगलबारदेखि ओपिडी सेवा सुचारु भएको हो ।संयुक्त संघर्ष समितिका डा अमृत जैसीले लामो समयदेखि आन्दोलन गर्दै आएका चिकित्सक, नर्स, कर्मचारी लगायत आन्दोलनकारीहरु मंगलबारबाट काममा फर्किएको बताए ।प्रधानमन्

सेती अस्पतालको ओपिडी सेवा सञ्चालनमा

सेती प्रादेशिक अस्पतालको ओपिडी सेवा आजबाट सञ्चालनमा आएको छ । नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरका कारण बन्द रहेको ओपिडी सेवा हाल सङ्क्रमणको दरमा केही कमी भएकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालना गर्ने गरी सञ्चालनमा आएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । ओपिडी सेवा साविक बमोजिम सञ्चालन हुने बताइएको छ ।कोरोना सङ्क्रमित र मृत्यु हुनेहरुको दर बढ्दै गएपछि कैलालीमा जिल्लाभर वैशाख १६ गते देखी निषेधाज्ञा लागू गरिएको थियो । “सेती प्रादेशिक अस्पताल

नर्भिकको ओपिडी आइतबारदेखि सञ्चालनमा

काठमाडौं। थापाथलीको नर्भिक इन्टरनेशनल हस्पिटलले आइतबारदेखि ओपीडी सेवा सञ्चालनमा ल्याउने भएको छ। अस्पतालले हाल बन्द रहेको सेवा आइतबारदेखि पूर्णरुपमा सञ्चालनमा ल्याउने भएको हो। कोभिड १९ को दोस्रो लहरको सङक्रमण तीव्र बनेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नर्भिकले ओपिडी सेवा बन्द गरेको थियो।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी सेवा बन्द

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी सेवा बन्द हुने भएको छ । कोरोना संक्रमितको उपचारका लागि गण्डकी प्रदेशको एकमात्र ‘कोरोना डेडिकेटेड अस्पताल’ का रुपमा रहेको प्रतिष्ठानमा संक्रमण तीव्र बृद्धि भएपछि संक्रमितको मात्र उपचार गर्नका लागि अन्य रोगको ओपिडी सेवा बन्द गरिएको हो ।प्रतिष्ठानमा अब कोरोना संक्रमितको मात्रै उपचार गर्ने भएकाले अन्य रोगको ओपिडी सेवा बन्द गरेको अस्पताल प्रशासनले जनाएको छ ।  संक्रमितको उपचारका लागि आवश्यक प्रक्रिया मिलाउन अस्पतालले मंगलबारदेखि नियमि