जलवायु परिवर्चनको जोखिममा रहेको नेपाललाई छिमेकी मुलुकहरू र विश्व समुदायको साथ चाहिएको माओवादी केन्द्रका सांसद माधव सापकोटाले बताएका छन् । बंगलादेशको राजधानी ढाकामा आयोजित ‘रिजनल क्लाइमेट समिट’लाई नेपाली सहभागीका रूपमा सम्बोधन गर्दै सांसद सापकोटाले विकास निर्माणका क्रममा वातावरणीय क्षति न्यून होस् भन्नेमा नेपाल सरकार र सम्बद्ध निकायहरू सचेत रहेको पनि जानकारी दिएका छन् ।