नवलपरासी पश्चिमको मूल नाका महेशपुर भन्सार कार्यालयले ५ महिनामा १० करोड बढी राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले श्रावण महिनादेखि मङ्सिर महिनासम्ममा कुल १० करोड, ४२ लाख २८ हजार ५५१ रुपैयाँ राजस्व सङ्कलन गरेको जानकारी दिएको छ । महेशपुर भन्सार छोटीबाट मूल भन्सार भएपछि राजस्व वृद्धि हुँदै गएको हो ।कार्यालयले उक्त ५ महिनामा पैठारी भन्सार महसुल तर्फ ६ करोड, १५ लाख ३ हजार २५१ रुपैयाँ, कृषि सुधार शुल्क तर्फ १ करोड, २२ लाख, ८१० रुपैयाँ, सेवा दस्तुर तर्फ ६ लाख १३ हजार रुपैयाँ रहेको जानकारी दिएको छ ।