कर्णाली प्रदेशसभामा एमालेको अलमलः सरकारलाई साथ कि विरोध ?

कर्णाली प्रदेशमा पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही मुख्यमन्त्री होउञ्जेलसम्म विभिन्न विषयलाई एजेण्डा बनाउँदै लगातार संसद चल्न नदिएको एमाले अहिले वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीप्रति भने लचिलो देखिन्छ । संसदमा न सरकारलाई रचनात्मक रुपमा सहयोग गरेको जस्तो देखिन्छ, न सरकारका गलत गतिविधिहरूको खरो रुपमा विरोध नै गरेको जस्तो देखिन्छ । यसरी कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्ष भूमिकामा रहेको नेकपा एमालेले दोहोरो चरित्र देखाइरहेको छ ।एमाले संसदीय दलका नेता यामलाल कँडेलले पटक–पटक संसदमा भन