किन हुन्छ कांग्रेसभित्रै आरजुको आलोचना?

काठमाडौँ– आम निर्वाचनको मुखमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको हैसियतको चासो र चर्चा छ। देउवासँगै उनकी पत्नी समेत रहेकी पार्टी केन्द्रीय सदस्य आरजु राणा देउवाको पनि नाम जोडेर समर्थन र आलोचना दुवै हुन्छ। त्यत्ति मात्र नभई पार्टीका क्रियाशील सदस्य रहेका देउवा दम्पतीका एक्ला छोरा जयवीरसिंहका कारण कांग्रेसको राजनीति परिवारभित्र खुम्चिँदै गएको भन्दै कार्यकर्ता निरास […]