रुपन्देही । बुटवलमा लुम्बिनी केबलकारपछि सिद्धार्थ केबलकार सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । २०७७ सालको फागुनमा ९ दिनको अन्तरमा शिलान्यास भएका यी दुई केबलबारमध्ये बुटवलबाट पाल्पाको बसन्तपुर जाने लुम्बिनी केबलकार जेठबाट सञ्चालनमा आइसकेको छ । बुटवलदेखि पाल्पाको नुवाकोट गढीसम्म चल्ने सिद्धार्थ केबलकार मंसिरभित्र सञ्चालनमा ल्याउने अन्तिम तयारी गरिएको छ । निर्माण थालेको दुई वर्षभित्रै केबलकार […]