काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल सकेर चेन्नई पुगेको छ । विश्वकप अगाडि नेपालले चेन्नईमा दुई ‘वाम अप’ म्याच खेल्दैछ । पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग आज प्रतिस्पर्धा गर्नेछ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आजको खेल साँझ ५ः१५ बजे चेन्नईस्थित एमए चिदाबरम रङ्गशालामा हुँदैछ । नेपाल र यूएई […]
चिली। चिलीले मेक्सिको र ब्राजिलको समर्थनमा संयुक्त राष्ट्रसङ्घको महासचिवका लागि आफ्ना पूर्व राष्ट्रपति मिशेल बासेलेको उम्मेदवारीलाई आधिकारिक रूपमा समर्थन गरेको छ। निवर्तमान राष्ट्रपति ग्याब्रियल बोरिकले बासेलेको दाबेदारीलाई दक्षिणपन्थी जोसे एन्टोनियो कास्टले रोक्न सक्ने चिन्तापछि सोमबार घोषणा गरेका हुन् । सन् २००६ देखि सन् २०१० र सन् २०१४देखि सन् २०१८ सम्म दुई कार्यकाल बिताएकी ७४ वर्षीया […]
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मंगलबार बिहान देशैभरी आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । तराईका केही स्थानहरूमा भने हुस्सु लागेको छ । त्यस्तै, मंगलबार दिउँसो भने देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्ने भएको हो । साथै बाँकी भू-भागमा भने आंशिक बादल लाग्ने भएको […]
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७३ पैसा तोकिएको छ।
काठमाडौँ। नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मध्यपुरथिमि नगरपालिका भक्तपुरमा रहेको एक स्टोरलाई रु १० हजार जरिवाना गरेको छ। विभागले गरेको अनुगमनका क्रममा कैफियत देखिएको पाइएपछि विभागले थिमिमा रहेको रमेश थापा स्टोरलाई जरिवाना गरेको हो। उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो स्टोरलाई जरिवाना गरिएको हो। यस्तै, गणपति जी ट्रेडर्सलाई […]