राज्यविहीन अवस्थामा पुगेको हैटीमा सशस्त्र गुण्डाहरूको प्रभावका कारण प्रधानमन्त्रीसमेत कार्यालय जान नसक्ने अवस्था आएको छ ।
पछिल्ला राष्ट्रपतिलाई कार्यालयमै गोली हानेर हत्या गरेपछि अहिले हैटीमा संसद् छैन । अमेरिकाले समर्थन गरेका प्रधानमन्त्री आरियल अनरीले राज्य चलाउन सक्नुभएको छैन । अनरीलाई धेरैले प्रधानमन्त्री नै नमान्ने गरेका बीबीसीले जनाएको छ । राज्यविहीन अवस्थामा पुगेको हैटीको आधा जनसङ्ख्या अर्थात् झन्डै ४७ लाख मानिस भोकमरीको चपेटामा रहेका संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।
अहिले सशस्त्र गुन्डाहरूले देशका विभिन्न क्षेत्र कब्...