प्रधानमन्त्रीले भेट्न नमानेपछि माओवादी युवा लिगले बुझाए सडकबाटै ज्ञापनपत्र

नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिग, नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्ने समय दिन इन्कार गरेपछि आइतबार बिहान हुलाकमार्फत उनको कार्यालयलाई ज्ञापनपत्र पठाएका छन् । प्रधानमन्त्री रोजगार क्रार्यक्रम केबल उनका कार्यकर्ता संरक्षण गर्ने आधार भएकाले सबै युवाहरुलाई समानरुपले रोजगारी तथा बेरोजगार भत्ताको व्यवस्था गर्न आग्रहसहित राष्ट्रियता जनतन्त्रका विषय समेटेर ६८ बुँदे ज्ञापनपत्र बुझाएको पत्रकार […]