नेपालगन्जमा ‘नीलो फूल’

लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिको इच्छाविपरीत विवाह गराइदिँदा महिलाले भाग्यलाई दोष दिनुपरेको छ । बच्चा जन्माउन नसक्दा महिलाले बोक्सीको आरोप खेप्नुपरेको छ । विवाह गरेर ल्याएकी महिलालाई नर्कको जीवनबाट छुटकारा दिलाउन अनेक संघर्ष गर्छन् । यस्तै विषयवस्तुलाई समेटेर निर्माण गरिएको सर्ट फिल्म ‘नीलो फूल’ सोमबारदेखि नेपालगन्जमा प्रदर्शन गरिएको छ ।