नेपालमा लगानी वातावरण नरहेको भनेर निजी क्षेत्रले सतही रुपमा गुनासो गर्नेे गरेको आरोप उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले लगाएका छन् । ‘मेक इन नेपाल–स्वदेशी समिट २०२२’ कार्यक्रमको ‘स्वदेशी उत्पादनको संवर्द्धन र निर्यात प्रवर्द्धन’ विषयक सत्रमा बोल्दै सचिव पोखरेलले निजी क्षेत्रले सरकारी नीति र कानुनी प्रावधानको गम्भीर विश्लेषण नै नगरी समस्या देखाउने गरेको बताए ।