काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँ सहुलियत पसलमा खाद्य वस्तुमा ५ रुपैयाँ छुट प्रस्ताव गरेको छ । कम्पनीको बैठकले खाद्यान्नमा उपभोक्तालाई यो वर्ष प्रतिकिलो ५ रुपैयाँ छुट दिने प्रस्ताव मन्त्रालयमा पठाइएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले बताए । यस्तो छुट दाल, चामल, गेडागुडी, कम्पनीले खरिद गर्ने खसी, बोका र च्याङ्ग्रामा पनि पाइने छ […]