चितवन क्षेत्र नं ३ : मतदाता ठूला दलका, उम्मेदवार साना दलका

चितवन क्षेत्र नं ३ मा विसं २०७४ को सङ्घीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार थिएनन् । यस पटक पनि यी दुई दलका उम्मेदवार छैनन् । मतदाता भने सबैभन्दा बढी कांग्रेस र दोस्रोमा एमालेका छन् । यसअघिको निर्वाचनमा वाम गठबन्धन हुँदा नेकपा एमालेले तेस्रो पार्टीका रुपमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सो क्षेत्र छाडेको थियो । प्रचण्डसँग चुनावी प्रतिस्पर्धाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डेलाई कांग्रेसले सघाएको थियो । निर्वाचनमा प्रचण्डले