पर्यटकीय केन्द्र बन्दै कुशेमुसे (तस्वीरसहित)

सुर्खेत : देशका १०० उत्कृष्ट पर्यटकीय गन्तव्यमध्ये जाजरकोटको कुशे पनि समेटिएसँगै पूर्वाधारका निर्माण हुन थालेको छ।कुशेपाटनबाट पश्चिम नेपालका अधिकांश हिमचुचुरा अवलोकनका साथै रारा र शे-फोक्सुण्डोसम्मको रुट कायम हुने भएपछि यहाँका स्थानीय खुशी भएका छन्। कुशे पाटन तथा हिमालमा जान ४ ठाउँबाट पदमार्ग निर्माणको काम शुरु गर्न लागिएको छ।उत्तर पूर्वको कुशे र बारेकोटबाट, पश्चिमको जुनिचाँदे, टिकाचौरबाट पदमार्ग निर्माणको पहल भएको छ। पाटन तथा हिमालको माथिल्लो भागमा यात्रा गर्न