‘जलवायु वित्त ल्याउन नेपालको कडा मिहिनेत आवश्यक’

जलवायु परिवर्तनको उच्च जोखिममा परेको नेपालले जलवायु वित्त ल्याउनका लागि निरन्तर मिहिनेत र प्रयास गर्नुपर्नेमा दातृ निकायका प्रमुखहरुले आग्रह गरेका छन् ।

सम्बन्धित सामग्री

जलवायु वित्त आकर्षित गर्न पहल कमजोर

नेपालले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न, अनुकूलनका कार्यक्रम ल्याउन र समग्र जलवायु संकटसँग जुध्न अन्तर्राष्ट्रिय क्षेत्रबाट वित्तीय सहयोग भित्र्याउन थप पहल गर्नुपर्ने विज्ञको सुझाव छ।...

जलवायु वित्त व्यवस्थापन शाखा खारेज

सरकारले निर्वाचन आयोगको सहमतिबेगर वातावरण मन्त्रालयको एउटा शाखा खारेज गरेर नया“ शाखा बनाउने निर्णय गरेको छ । मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्री कृषि मन्त्रालयको एक जना व्यक्तिलाई ल्याउन सोमबारको मन्त्रिपरिषद् बैठकबाट यस्तो निर्णय गराउन सफल भएका छन् । यद्यपि यो निणयका लागि सोमबार नै निर्वाचन आयोग र अर्थ मन्त्रालयसँग सहमति मागिएको थियो ।

विचौलियाकै सुझावमा वातावरण मन्त्रालयको शाखा नै खारेज हुँदै !

काठमाडौं। आफ्नै मन्त्रालयमा कार्यरत कर्मचारीलाई अविश्वास गर्ने मन्त्रालयमा वातावरण मन्त्रालयको नाम दर्ता हुने भएको छ। वातावरण मन्त्रालयले आफ्नो मन्त्रालयको जलवायु वित्त व्यवस्थापन शाखा खारेज गरी नयाँ शाखा बनाउन गरेको योजनाले यसको पर्दाफास भएको हो। मन्त्रालयले आफ्नो भएको शाखा खारेज गरि कृषि मन्त्रालयबाट नयाँ व्यक्ति ल्याउन समेत चलखेल शुरु भएपछि यसको योजना पर्दाफास भएको हो। निर्वाचन आचारसंहिताविपरीत हुन लागेको यो तयारीप्रति वातावरणमन्त्री मिथिला चौधरी भने बेखबर छिन् ।