काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले खोलेको नयाँ दल राप्रपा नेपालले 'दिव्य उपदेश' लाई पार्टीको मार्गदर्शक सिद्धान्त बनाउने निर्णय गरेको छ। राप्रपा नेपालको आज बसेको पहिलो केन्द्रीय कार्य समितिको बैठकले धर्मनिरपेक्षता विनाशर्त खारेज गरिनुपर्ने माग पनि गरेको छ।बैठकले पार्टीको घोषणापत्र र विधान मस्यौदा परिमार्जनसहित पारित गरेको छ। घोषणापत्रमा सनातन वैदिक मूल्य, मान्यता र चिन्तनमा आधारित “सम्बर्द्धनवाद” लाई राप्रपा न