काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र क्यानडाका गैरआवासीय राजदूत क्यामेरन डिन मकाईसँग शिष्टाचार भेटवार्ता भएको छ।
मंगलबार मन्त्रालयमा शैक्षिक विकासका लागि मन्त्री पौडेल र राजदूत मकाईबीच शिष्टाचार भेटवार्ता भएको हो। भेटवार्तामा मन्त्री पौडेलले सन् १९६५ देखि कायम भएको दुई देशबीचको सम्बन्धलाई थप उचाई दिँदै शैक्षिक क्षेत्रमा सहयोग गर्न क्यानडा सरकारलाई आग्रह गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।