काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएकाे पहिलाे खेलमा सशस्त्र प्रहरीकाे एपीएफ र न्युराेड टिम (एनआरटी) ले अङ्क बाँडेका छन् ।
छेटाैँ चरणअन्तर्गत त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा एफीएफ र एनआरटीले तीन–तीन गाेलकाे बराबरी खेलेका हुन् ।
खेलकाे ३२ औँ मिनेटमा दर्शन गुरुङले गाेल गर्दै एनआरटीलाई अग्रता दिलाए । तर एनआरटीकाे याे अग्रता धेरै मिनेट टिकेन । ३७ औँ मिनेटमा एपीएफका आशिष लामाले गाेल गर्दै खेल बराबरीमा पुर्याए । याेसँगै पहिलाे खेल एक&n...