गुल्मी – गुल्मीका १२ वटै पालिकामा कफी, सुन्तला, बाख्रा र मकैको क्षेत्र विस्तार गरिने भएको छ । प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ गुल्मीको आयोजनामा सञ्चालित जोन तथा सुपर जोन कार्यक्रमअन्तर्गत ३२ वटा वडामा क्षेत्र विस्तार गरिने भएकाे हो ।
अनुगमन समितिले गुल्मीकाे चन्द्रकोट गाउँपालिकाअन्तर्गत वडा नम्बर २, ३ र ४, कालीगण्डकीको १ र ४, सत्यवतीको ८, छत्रकोटको १ र २, रुरुक्षेत्रको ४, गुल्मीदरबार गाउँपालिकाको १ र रेसुङ्गा नगरपालिकाको १४ सहित ११ वटा वडामा सुन्तला जात फलफूलका लागि क्षेत्र विस्तार गरिने...