गंगा थापा/कोषाध्यक्ष, आमकास नेपाल ।
घरेलु महिला श्रमिकमा जानु कुनै नराम्रो काम होइन । यसमा पनि इज्जत छ, सम्मान छ, जिम्मेवारी छ । तर गलत ढंगले जाँदा, सरकार यस विषयमा लचिलो नबन्दा धेरै नेपाली दिदीबहिनी परदेशमा दुःख पाउँछन् । तर सबै देशमा अवस्था यस्तो छैन । रोजगारदाता कस्तो छ भन्ने कुरामा पनि भर पर्छ ।
म आफै पनि आजभन्दा २० वर्ष पहिले मकाउमा तीन वर्ष बसेँ । त्यतिबेला मैले अर्काको देशमा काम गर्न आएको छु जस्तै लागेन । किनकी रोजगारदाता पनि राम्रो थिए, त्यहाँको देशको कानुन पनि राम्रो थियो । मेरो साथीलाई उ...