जब बुबालाई गुडनाइट भनेर फोन राखेकी डाक्टर भोलिपल्ट मृत भेटिइन् (पडकास्टसहित)
राति ३ बजे उनलाई एक इन्टरर्नले रिपोर्ट देखाउनका लागि जगाउँछन् । रिपोर्ट हेरेर उनी फेरि निदाउँछिन् । यो नै अन्तिमपल्ट थियो, जहाँ उनलाई कसैले जिउँदो देखेको थियो ।
उनको सपना पूरा हुनै लागेको थियो । डाक्टर बनेपछि काम गरेर उनी आफ्ना बाआमाको छाती गर्वले चौडा पार्न चाहन्थिन् । हुन पनि आफ्नी छोरीलाई डाक्टर बनाउन बाआमाले आफ्ना रहर, चाहना र आवश्यकता सबै समर्पित गरिदिएका थिए । उमेरले उनी ३१ वर्ष पुगेकी थिइन् । उनका बुबाले टेलरिङको काम गरेर आउने आम्दानी जम्मा पारेर...