बीबीसी। फिलिपिन्सका दक्षिण क्षेत्रमा आज भएको सी–१३० सैनिक विमान दुर्घटनामा मृत्यु हुनेको संख्या२९पुगेको छ। विमानमा चालक दलसका सदस्यसहित ९२जनाभन्दा बढी यात्रु रहेको बताइएको छ। फिलिपिनो सेनाका जनरल सिरिलिटो सोबेजानाका अनुसार सुलु प्रान्तको जोलो द्विपमा अवतरण गर्ने क्रममा विमान दुर्घटना भएको हो। जलिरहेको विमानबाट ५०जनालाई सकुसल उद्धार गरिएको थियो। घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ। १७जना अझै बेपत्ता रहेको जनाइएको छ।