काठमाडौं : नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको मृत्युप्रति देशभरका पार्टी कार्यालयमा रहेकाे पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ। पार्टी कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय समितिको बैठकले भोलिदेखि तीन दिन झण्डा आधा झुकाउने निर्णय गरेको हो। चैत १७ गते एक दिन देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय पनि बैठकले गरेको छ।नेता जोशीको शव श्रद्धाञ्जलीका लागि दिउँसो २ बजेसम्म पार्टी कार्यालयमा राखिने नेतृ पुष्पा भुषालले जानकार