भारतमा ९ जनामा मंकीपक्स संक्रमण पुष्टि

काठमाडौँ । नयाँ दिल्लीमा अर्का विदेशी नागरिकमा पनि मंकीपक्स संक्रमण देखिएको छ । योसँगै राजधानी नयाँ दिल्लीमा चार जना विदेशी नागरिकमा मंकीपकस संक्रमण देखिएको छ । पछिल्लो पटक फेला परेकी बिरामी ३१ वर्षीया महिला हुन् ।  उनी भर्खरै विदेश यात्रा गरेकी हुन् वा होइनन् भन्ने खुल्न सकेको छैन । भारतमा अहिलेसम्म ९ जना मंकीपक्सका सङ्क्रमित […]

सम्बन्धित सामग्री

भारतमा ९ जनामा मंकीपक्स संक्रमण पुष्टि

नयाँ दिल्लीमा अर्का विदेशी नागरिकमा पनि मंकीपक्स संक्रमण देखिएको छ । योसँगै राजधानी नयाँ दिल्लीमा चार जना विदेशी नागरिकमा मंकीपकस संक्रमण देखिएको छ । पछिल्लो पटक फेला परेकी बिरामी ३१ वर्षीया महिला हुन् । उनी भर्खरै विदेश यात्रा गरेकी हुन् वा होइनन् भन्ने खुल्न सकेको छैन । भारतमा अहिलेसम्म ९ जना मंकीपक्सका संक्रमित देखिएका छन् । सबै जना केरला र दिल्लीका हुन् । ती महिलालाई ज्वरो र छालामा समस्या देखिएको छ । उनको लोक नायक जय प्रकाश अस्पतालमा उपचार भइरहेको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ

भारतमा मंकीपक्स संक्रमण पुष्टि, एक युवकको मृत्यु

दुई दिन पहिले भारतको दक्षिणी राज्य केरलामा मृत्यु भएका एक युवकलाई मंकीपक्स संक्रमण पुष्टि भएको छ। हालै संयुक्त अरब इमिरेट्स (यूएई) बाट केरला आएका २२ वर्षीय युवकको शनिबार मृत्यु भएको हो। उनको...

भारतमा थप एक जनामा मंकीपक्सकाे संक्रमण पुष्टि

एजेन्सी- भारतमा थप एक जनामा मंकीपक्सकाे संक्रमण पुष्टि भएकाे छ। राजधानी दिल्लीका ३१ वर्षीय पुरुषमा आइतबार मंकीपक्स संक्रमण पुष्टि भएकाे हो। उनमा विदेश भ्रमण गरेको कुनै ट्राभल हिस्ट्री नभेटिएको जनाइएको छ। पश्चिमी दिल्लीका उनलाई अस्पताल भर्ना गरिएको छ। योसँगै भारतमा अहिलेसम्म मंकीपक्सका चार जना संक्रमित भेटिएका छन्। मंकीपक्स प्रकोपलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वव्यापी स्वास्थ्य […]