नेकपा माओवादी केन्द्र बागमती प्रदेशको नयाँ नेतृत्वसहितको पदाधिकारी चयनका लागि मतदान सुरु भएको छ । राजधानीको अनुपम फुडल्याण्डमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार अध्यक्षमा दिनानाथ गौतम र सरल सहयात्री पौडेलले उम्मेदवारी दिएका छन् । यस्तै तीन जना निर्वाचित हुने उपाध्यक्ष पदमा १० जनाको उम्मेदवारी परेको छ भने एक जना निर्वाचित हुने सचिव पदमा ४ जनाले उम्मेदवारी दिएकामा १ जनाले फिर्ता लिएका छन् । फिर्ता लिनेमा अञ्जन कुमार तिमल्सिना रहेका छन्