गोलाप्रथा विधिबाट पेसी व्यवस्थापन सुरु भएसँगै बुधबार ११ वटा इजलास गठन भएको छ । यसदिन ९ वटा संयुक्त इजलास र दुईवटा एकल इजलास गठन भएका छन् । बुधबारका लागि न्यायाधीशद्वय मीरा खड्का र डा.कुमार चुडालले एकल इजलासको गोला तानेका छन् । उनीहरु एकल इजलासमा परेका छन् भने अन्य न्यायाधीशहरु संयुक्त इजलासमा छन् । बुधबारका लागि १ नम्बर न्यायाधीश दीपककुमार कार्कीसँग टंकबहादुर मोक्तान संयुक्त इजलासमा परेका छन् । त्यसैगरी हरिकृष्ण कार्की र सुष्मालता माथेमाको संयुक्त इजलास तथा हरिकृष्ण कार्की र बमकुमार श