नागरिक लगानी कोषले अनलाईन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीहरुको रकम दाखिला गर्ने भएको छ । कोषले सम्बन्धित सोझै सहभागी कर्मचारीहरुको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको हो ।यो सुबिधा सीजीएस प्रणालीबाट पारिश्रमिक वितरण गर्ने सरकारी कार्यालय बाहेकका अन्य कार्यालयहरूले उपभोग गर्न सक्ने बताइएको छ । यसरी रकम जम्मा गर्दा कोषको कर्मचारीले अप्रुभ गर्ने बित्तीकै सम्बन्धित कर्मचारीको खातामा रकम जम्मा हुनेछ । तत्कालका लागि यो सुबिधा कोषको कर्मचारी बचत बृद्धि