काठमाडौंभित्रै प्रहरी कार्यालयमा खिया लाग्दै १० हजार सवारी साधन, लिलामी गर्न छैन कानून

तपाईं देशभर जुनसुकै ठाउँको प्रहरी कार्यालयमा जानुस्, कुनाकाप्चामा कतै न कतै मोटरसाइकल, स्कूटर वा गाडी खिया लागेर थुप्रिएको भेटिन्छ । एउटै प्रहरी कार्यालयमा ५ सयवटा सम्म सवारी साधन यसरी थुप्रिएका भेटिन्छन् । यसरी थुप्रिने सवारीको संख्या काठमाडौं उपत्यकाभित्रका प्रहरी कार्यालयहरूमा तुलनात्मक रूपमा बढी छ । आपराधिक कार्यमा प्रयोग भएका, राजस्व नतिरेका, विना बिलबूक चलाएका, दुर्घटना गराएर चालक फरार भएका, फूटपाथमा जथाभावी पार्किङ गरेका सवारी साधन महानगरीय ट्राफिक प्रहरीले जफत गरी कार्यालयमा ल्याएर राख्ने गर्छ । यसरी ल्याइए...