ढाका कुमार श्रेष्ठ रास्वपबाट निष्काशित, विन्दवासिनी कंसाकारलाई सांसद बनाइने

काठमाडौं, २९ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड माग्ने आफ्ना समानुपातिक सांसद ढाका कुमार श्रेष्ठलाई कारवाही गरेको छ।रास्वपाको बुधबार बसेको केन्द्रीय समिति बैठकले ढाकालाई पार्टीको साधारण सदस्यबाट निष्काशित गर्ने निर्णय गरेको हो। ढाकाको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय पनि बैठकले गरेको छ।आइतबार ढाकाले प्रसाईँसँग मन्त्री बन्नको लागि दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो।

सम्बन्धित सामग्री

पूर्व सांसद ढाकाको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कारबाहीमा परेका पूर्व सांसद ढाकाकुमार श्रेष्ठले दायर रिटको सुनुवाई आज हुँदैछ । श्रेष्ठले पार्टीले आफूमाथि गत चैत २४ गते गरेको कारबाही गैरकानूनी भएको भन्दै सर्वाेच्चमा रिट दायर गर्नुभएको थियो । श्रेष्ठले स्वास्थ्य मन्त्री बन्न पार्टीलाई दुई करोड बुझाउनु पर्ने भन्दै त्यसका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाइसँग आर्थिक बार्गेनिङ […]